Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

सुनकोसी नदीमा गाडीसहित भेटिएका सीटीईभीटीका दुई कर्मचारीको शव पहिचान


काठमाडौं, २४ जेठ । सुनकोसी नदीमा मंगलबार गाडीमा भेटिएका दुई वटा शवको पहिचान भएको छ ।

मंगलबार साँझ गाडीभित्र दुईजनाको शव भेटिएको थियो । तर, उनीहरूको पहिचान हुन सकेको थिएन । परिवारको सहयोगमा उनीहरूको पहिचान गरिएको सिन्धुलीका डीएसपी चीरनञ्जीवी दाहालले जानकारी दिए ।

उनका अनुसार सीटीईभीटीको प्रशासन शाखाका निर्देशक एवं सहसचिव तनहुँको भानु नगरपालिका–९ का कृष्णबहादुर केसी र सीटीईभीटीमै विद्युत् प्रशिक्षकका रूपमा कार्यरत इलामका भानु पौडेलको शव भेटिएको हो ।

पोस्टमार्टमका लागि दुवै शव काठमाडौं ल्याइएको छ । गत शुक्रबार भक्तपुरको सानोठिमीस्थित सीटीईभीटीबाट खोटाङ जाने क्रममा बीएबी ७४६७ नम्बरको स्कोर्पियो जिप दुर्घटनामा परेको थियो । गाडीका चालक पौडिएर बाहिर निस्किएका थिए भने तीनजना बेपत्ता भएका थिए ।

सीटीईभीटीकै योजना महाशाखाका निर्देशक पूर्वी नवलपरासीका यमप्रसाद भुर्तेलको अवस्था अज्ञात छ ।


क्याटेगोरी : समाचार, बाग्मती प्रदेश
ट्याग : #ctevt, #sunkoshi

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट