Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

राउटेका जेष्ठ सदस्य कर्णबहादुर शाहीको निधन, यस्तो छ संस्कार बिधि


दैलेख, २४ जेठ । लोपोन्मुख जाति राउटे समुदायका ज्येष्ठ सदस्य ९४ वर्षीय कर्णबहादुर शाहीको बुधवार निधन भएको छ ।

अहिले राउटे समुदाय बस्दै आएको दैलेखको भैरबी गाउँपालिका–१ दारेघाट बस्तीमा उहाँको निधन भएको सोसेक नेपालको राउटे परियोजनाका सहजकर्ता लालबहादुर खत्रीले जानकारी दिए ।

हरेक २–३ महिनामा बस्ती सर्दै हिँड्ने नेपालको एक मात्र फिरन्ते जाति राउटे समुदायले मान्दै आएको हिन्दू धर्मसंस्कार अन्तर्गत बुधवार नै जमिनमा गाडिएको जोडी शिक्षक खत्रीले बताए । राउटे समुदायमा ज्यान गएपछि बाँदर मार्ने जालमा गुथेर चिहानमा गाड्ने तथा गाड्दा हरेक घरबाट धान, चामल अनि नयाँ कपडा चढाएर गाड्ने चलन छ । मूल किरिया कोही पनि बस्न नपर्ने चलन छ ।

राउटे समुदायका सदस्य कोही निधन भएको ११–१३ दिनबीचको मंगलवार वा शनिवार पारेर सबैले कपडा धुने अनि मृतकको नाममा कुखुरा काट्ने चलन छ ।

राउटे समुदायका सदस्यहरुको मृत्यु भएपछि बसिरहेको बस्ती एक हप्ताभित्र छोड्ने र नयाँ ठाउँमा सबैले कपडा धुने अनि मृतकको नाममा कुखुरा काटेर मासु खाइ शुद्ध हुने वा किरिया सकिने प्रचलन छ। सरकारले जनसङ्ख्याघट्दै गएको लोपोन्मुख राउटे जातिको जनसङ्ख्या अब एक सय ४१ जना मात्र बाँकी रहेको छ ।

दैलेख आसपासको क्षेत्रमा फिरन्ते जीवन बिताइरहेका राउटे समुदायले नागरिकता लिएका छैनन् । खेतीकिसानी, पढाइलेखाइ गर्ने र नागरिकता लिन राउटेले मिल्दैन भनेर इन्कार गर्दै आएका छन् । २०६३ सालदेखि राउटे समुदायका सबै जनाले सामाजिक सुरक्षा भत्ता पाउन थालेपछि सहजताका लागि गुराँस गाउँपालिकाले उनीहरुको बस्ती सरेकै ठाउँमा पुगेर सामाजिक सुरक्षा भत्ता दिने गरेको छ।

राउटे समुदायको स्वास्थ्य सरसफाइ, खानपिन र सामाजिक जीवन सहजीकरण गर्न राउटे समुदाय बस्ती सरेसँगसँगै हिँड्ने गरी सोसेक नेपालले राउटे परियोजना सञ्चालन गरेको छ । लालबहादुर खत्री अनि दुर्गा खत्री दम्पतिले शिक्षक तथा स्वास्थ्य उपचार र परामर्शका लागि अनमी अमृता रोकाय र अहेब बिनोद बीसीले राउटे समुदायको सामाजिकीकरणको सवालमा काम गर्दै आएका छन् ।

परियोजनापछि बालबालिकाहरुले लेख्ने अभ्यास गर्ने गरेका छन् भने कुनै घाउ अथवा चोटपटक वा बिसञ्चो हुँदा औषधि उपचार गराउनेलगायतका सामाजिक जीवनको अभ्यास पनि गरेका छन् ।


क्याटेगोरी : जनमञ्च, समाचार, कर्णाली प्रदेश
ट्याग : #raute

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट