Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

बालेन शाहले आफ्नो कार्यकक्षमा राखे ‘ग्रेटर नेपाल’को नक्सा


काठमाडौं, २५ जेठ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आफ्नो कार्यकक्षमा ‘ग्रेटर नेपाल’को नक्सा राखेका छन् । भारतले आफ्नो संसद् भवनमा सांस्कृतिक नक्सा भन्दै नेपाली भूभाग समेटिएको नक्सा राखेपछि त्यसले तरंग सिर्जना गरेको बेला बालेन साहले आफ्नो कार्यकक्षमा ‘ग्रेटर नेपाल’को नक्सा राखेका हुन् ।

शाहको सचिवालयले यसलाई सांस्कृतिक नक्सा भनेको छ । “हामीले ग्रेटर नेपालको नक्सा आजैदेखि राखेका हौँ,” सचिवालयका एक सदस्यले भने ।

पूर्वमा टिष्टा र पश्चिममा काँगडासहितको भूभाग ‘ग्रेटर नेपाल’भित्र समेटिएको छ ।


क्याटेगोरी : समाचार, बाग्मती प्रदेश
ट्याग : #greater nepal

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट