Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

हर्क साम्पाङले पनि कार्यकक्षमा ‘ग्रेटर नेपाल’को नक्सा राख्ने


काठमाडौं, २५ जेठ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखेपछि धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले पनि आफ्नो कार्यकक्षमा यसको सिको गर्ने बताएका छन्।

बालेनले कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखेको सार्वजनिक भएपछि हर्क साम्पाङले एक ट्विट गर्दै आफ्नो कार्यकक्षमा पनि ग्रेटर नेपालको नक्सा राख्ने जानकारी गराएका हुन्।

हर्क साम्पाङले लेखेका छन् – ‘बालेनज्यूले कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राख्नुभएछ। अब धरानमा पनि ग्रेटर नेपालको नक्सा राखिनेछ।’


क्याटेगोरी : समाचार, कोशी प्रदेश
ट्याग : #harka sampang

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट