Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

प्रविधिको सही प्रयोग गर्न नसक्दा साइबर अपराधका घटना बढेः मन्त्री शर्मा


काठमाडौं, २५ जेठ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रविधिको सही प्रयोग गर्न नसक्दा साइबर अपराधका घटना बढेको बताएकी छिन्।

बिहीबार ललितपुरमा आयोजित नेपाल मोबाइल व्यवसायी महासंघको दोस्रो साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन्। उनले प्राविधिक शिक्षाको कमी हुँदा कतिपय युवाहरू बर्बादीको शिकार भइरहेको बताइन्। साइबर शिक्षा र डिजिटल माध्यमको प्रयोगसम्बन्धी शिक्षा दिन नसक्दा समस्या बढीरहेको उनले औँल्याइन् ।

सामाजिक सञ्जालको दुरुपयोगका कारण आत्महत्या गर्नुपर्ने स्थिति समेत हुने गरेको भन्दै यसलाई समयमा नै नियन्त्रण र यससम्बन्धी शिक्षा दिन आवश्यक रहेको बताइन्।

‘हामीले यो क्षेत्रको विकास सकारात्मक ढंगले गर्नुपर्छ। यस भित्रका विकृतिहरु हामी देखिरहेका छौँ। हाम्रा भर्खरका किशोरकिशोरीहरु ठिक ढंगले साइबर शिक्षा, डिजिटल माध्यमको प्रयोगसम्बन्धी शिक्षा दिन नसक्दा त्यसको प्रयोगमा चुकिरहेका छन्।’ उनले भनिन्,’मोबाइल प्रयोग कसरी ठिक ढंगले गर्ने, हाम्रो जीवनमा सकारात्मक ढंगले कसरी लागू गर्ने भन्ने कुराको सही शिक्षा दिन नसक्दा हाम्रा किशोरकिशोरीहरु आज बर्बादीको शिकार भइरहेका छन्। सुसाइडको अवस्थामा पुग्नुपर्ने अवस्था भएको छ।’


क्याटेगोरी : विज्ञान, समाचार, बाग्मती प्रदेश
ट्याग : #rekha sharma

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट