Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

एसिया कप महिला क्रिकेटका लागि नेपाली टिम घोषणा


काठमाडौं, २६ जेठ । हङकङमा हुने एसिसी महिला टी–ट्वान्टी इमर्जिङ टिम्स एसिया कपका लागि नेपालको टिम घोषणा भएको छ । नेपाल क्रिकेट संघले एसिया कपका लागि रुविना क्षेत्रीको कप्तानीमा शुक्रबार १४ सदस्यीय टोलीको घोषणा गरेको हो ।

१२ जुनदेखि २१ जुनसम्म हङकङमा हुने प्रतियोगितामा नेपालले भारत र पाकिस्तानसँग पनि खेल्ने छ । समूह ‘ए’ नेपालसँगै हङकङ, भारत ‘ए’ र पाकिस्तानका ‘ए’ रहेका छन् ।

पहिलो खेल नेपालले १३ जुनमा पाकिस्तानसँग खेल्ने छ भने दोस्रो खेल १५ जुनमा भारतसँग खेल्नेछ। त्यस्तै नेपालले १७ जुनमा घरेलु टोली हङकङसँग खेल्नेछ ।

टिममा रुविना क्षेत्री, सीता रानामगर, इन्दु बर्मा, कविता कुँवर, बिन्दु रावल, ज्योती पाण्डे, सम्झना कुमारी खड्का, काजल श्रेष्ठ, कृतिका मरासिनी, सरस्वती कुमारी चौधरी, अस्मिना कर्माचार्य, ईश्वरी विष्ट, अप्सरा रेग्मी र कविता जोशी रहेका छन् ।


क्याटेगोरी : खेलकुद, समाचार
ट्याग : #cricket

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट