Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

सुनकोशी नदीमा बेपत्ता भएका सीटीइभीटीका निर्देशक भुर्तेलको शव फेला


काठमाडौं, २६ जेठ । जीप दुर्घटना हुँदा सुनकोशी नदीमा बेपत्ता भएका सीटीइभीटीका योजना महाशाखाका निर्देशक यमप्रसाद भुर्तेललाई शव फेला परेको छ । ​भुर्तेलको शव आज (शुक्रबार) उदयपुरको ताप्ली गाउँपालिका ५ निबुवाटारस्थित सुनकोशीमा फेला परेको इलाका प्रहरी कार्यालय ताप्लीले जनाएको छ ।

जेठ १९ गते मध्यपहाडी लोकमार्गको खुर्कोट–घुर्मी सडकखण्ड अन्तर्गत गोलन्जर गाउँपालिका७ लौकुनमा भएको जिप दुर्घटनामा महाशाखा निर्देशक भुर्तेलको हराइरहेका थिए ।

यसअघि सीटीइभीटीको प्रशासन शाखाका निर्देशक एवं सहसचिव तनहुँको भानु नगरपालिका–९ का कृष्णबहादुर केसी र सीटीइभीटीमै विद्युत् प्रशिक्षकका रूपमा कार्यरत इलामका भानु पौडेलको शव भेटिएको थियो ।


क्याटेगोरी : समाचार, बाग्मती प्रदेश
ट्याग : #death, #sunkoshi

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट