Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

झन गर्मी बढेपछि पर्साका विद्यालयमा बिदा लम्ब्याइयो


वीरगञ्ज, २६ जेठ । पछिल्लो समय लागातार रुपमा बढिरहेको गर्मी कम नभएपछि पर्साका विद्यालयमा बिदा लम्ब्याइएको छ। पर्सालगायत तराईका जिल्लामा बढेको गर्मी कम नभएपछि विद्यार्थीको स्वास्थ्यलाई मध्यनजर गर्दै बिदा लम्ब्याउन थालिएको छ।

सोही क्रममा पर्साको सदरमुकाम वीरगञ्ज महानगरपालिका र छिपहरमाई गाउँपालिकाले बढेको गर्मीका कारण पालिका मातहतका विद्यालयमा यसअघि दिएको गर्मी बिदालाई लम्ब्याएका छन्। वीरगञ्ज महानगरपालिकाले शुक्रबारसम्म दिएको बिदालाई लम्ब्याउदै अगामी असार १ गतेसम्म महानगरका सम्पुर्ण सामुदायिक तथा सँस्थागत विद्यालय बन्द रहने जानकारी दिएको छ।

महानगरले शुक्रबार एक सुचना जारी गर्दै बढेको गर्मी कम नभएको कारण विद्यार्थीहरुको स्वास्थयलाई ख्याल गर्दै बिदा थप गरिएको जनाएको छ। यसैगरि छिपहरमाई गाउँपालिकाले पनि आफना पालिका मातहत रहेका विद्यालयहरुमा अगामी असार १ गतेसम्म विद्यालयहरुमा बिदा दिएको छ।

यसअघि शुक्रबारसम्म बिदा गरिएकोमा अझै केही दिनसम्म तापक्रम बढने भएको जनाउदै पालिका मातहतका सामुदायिक तथा सँस्थागत विद्यालयहरुमा बिदा दिइएको जनाएको छ। दुबै पालिकाहरुले दिएको बिदा बर्षे बिदाबाट कटा हुने जानकारी गराएको छ। अहिले पर्सा जिल्लाको तापक्रम ४२ देखि ४४ डिग्रीसम्म दैनिक रुपमा पुगिरहेको छ। गर्मीका कारण मानिसको जनजिवन नै प्रभावित बनिरहेको छ।


क्याटेगोरी : जनमञ्च, समाचार
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट