Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

उडिसा रेल दुर्घटनामा मृत्यु भएका इन्द्रजित पासवानको शव ल्याइयो


वीरगंज । भारतको उडिसा राज्यको बालासोरमा गत मंगलबार राति २८८ जनाको मृत्यु हुनेगरी भएको रेल दुर्घटनामा परेर मृत्यु भएका एक नेपाली युवकको शव पर्सा ल्याइएको छ । पर्सा छिपहरमाई गाउँपालिका ५ भिस्वा बस्ने २१ वर्षीय इन्द्रजित पासवानको रेल दुर्घटनामा मृत्यु भएको हो। खनाखतपछि शव नेपाल ल्याइएको हो।

रोजगारीका सिलसिलामा भारत गएका पासवानको दुर्घटनमा मृत्यु भएको हो। पासवनाका भिनाजु र भतिजाको समेत सोही दुर्घटनामा मृत्यु भएको छ। पासवानको सिक्टा नदीमा अन्तिम संस्कार गरिएको छ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट