Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

दाङको कोइलाबासमा दमकलबाट खानेपानी वितरण


दाङ । दाङको कोइलाबासमा पानी अभाव भएपछि गढवा गाउँपालिकाको दमकलमा पानी भरेर वितरण सुरु गरिएको छ ।

नेपाल–भारत सीमा क्षेत्रमा पर्ने कोइलाबासमा पानी अभाव पाएपछि गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोख्रेल, गढवा ५ का वडाध्यक्ष लेखबहादुर थापा, प्रशासन शाखा प्रमुख पुनाराम शर्मा र पालिका कर्मचारीको टोलीले पानी वितरण गरेको हो ।

कोइलाबासमा रहेका सरकारी, गैरसरकारी सङ्घ–संस्था तथा स्थानीयको घरघरमा पुगेर पानी वितरण गरिएको र यो प्रक्रिया पानीको व्यवस्थापन नहुँदासम्म चालिरहने गाउँपालिकाका अध्यक्ष पोख्रेलले जानकारी दिनुभयो ।

लामो समयसम्म पानी नपरेपछि खडेरीका कारण सर्वसाधारण गर्मीका कारण हैरान भएका छन् ।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट