Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

मालपोत कार्यालय बाराका खरिदार रामविश्वास साह र गौरीशंकर कुमार कुशवाहाविरुद्ध भ्रष्टाचार मुद्दा


काठमाडौं, २९ जेठ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मालपोत कार्यालयका खरिदारविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। मालपोत कार्यालय बारामा कार्यरत खरिदार रामविश्वास साह र गौरीशंकर कुमार कुशवाहाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको हो।

जग्गा रजिष्ट्रेसन पास गर्नका लागि सेवाग्राहीसँग १५ हजार घुस लिएको पुष्टि भएकाले साह र कुशवाहाविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरिएको आयोगका प्रवक्ता भोला दाालले जानकारी दिए।

केही दिनअघि आयोगको टोलीले खरिदार साह र कुशवाहालाई १५ हजार घुससहित नियन्त्रणमा लिएको थियो। उनीहरूबिरुद्ध भ्रष्टाचार ऐन २०५९ को दफा ३ को उपदफा ९१० वमोजिम जरिवाना र सजाय माग दावी गरिएको छ।


क्याटेगोरी : पालिका, समाचार, मधेस प्रदेश

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट