Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

संघीय शिक्षा ऐन जारी र पारिश्रमिक बढाउनु पर्ने माग राख्दै सरकारी विद्यालयका शिक्षकहरुको काठमाडौंमा अनशन


काठमाडौं, २९ जेठ । विभिन्न माग राख्दै काठमाडौंकेन्द्रित आन्दोलन गरिरहेका सामुदायिक विद्यालयका कर्मचारीले रिले अनशन थालेका छन् ।

न्यूनतम पारिश्रमिकको माग गर्दै आन्दोलनरत नेपाल विद्यालय कर्मचारी परिषद् संघर्ष समितिमा आबद्ध कर्मचारीले सोमबारदेखि काठमाडौंको भद्रकालीमा रिले अनशन सुरु गरेका छन् । उनीहरूले शिक्षा क्षेत्रको समस्या समाधानका लागि संघीय शिक्षा ऐन जारी गर्नुपर्ने, न्यूनतम पारिश्रमिक र शिक्षकहरूको सेवा सुविधा बढाउनुपर्ने माग राखेका छन् ।

सो समितिका अध्यक्ष गंगाराम तिवारीले लामो समय काम गरे पनि सरकारले शिक्षकलगायत विद्यालयका कर्मचारीको भविष्यका लागि कुनै चासो नदिएकाले बाध्य भएर आन्दोलन गर्नुपरेको जिकिर गरे । आफूहरूका माग सम्बोधन नभएसम्म आन्दोलन नरोकिने उनले बताए ।

आउँदो असार १ सम्म रिले अनशनमा बस्ने र माग पूरा नभए असार २ गतेदेखि सम्पूर्ण सामुदायिक विद्यालय बन्द गर्ने चेतावनी समेत उनीहरूले दिएका छन् ।


क्याटेगोरी : समाचार, बाग्मती प्रदेश
ट्याग : #ansan, #teachers

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट