Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

विनियोजन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रतिनिधि सभामा बहुमतले स्वीकृत


काठमाडौं । प्रतिनिधि सभाको आजको बैठकले विनियोजन विधेयक २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको छ । बैठकमा सभामुख देवराज घिमिरेले विनियोजन विधेयक २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव निर्णायार्थ प्रस्तुत गर्दा बैठकको बहुमतबाट विधेयक स्वीकृत भएको हो ।

बैठकमा सभामुख घिमिरेले विनियोजन विधेयक २०८० माथिको मन्त्रालय र सचिवालय अन्तर्गतका विभिन्न शीर्षकमाथि छलफलका लागि र सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यका लागि जेठ ३२ देखि असार १२ गतेसम्मको समय तोकेका छन् ।

यसअघि प्रतिनिधि सभाको आजको बैठकमा आउँदो आर्थिक वर्षको राजश्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफलमा सांसदहरूले उठाउनु भएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री डा. प्रकाशशरण महतले देशमा देखिएको आर्थिक समस्या, राजश्वको अवस्था, वैदेशिक ऋण र सहायताको अवस्था, आन्तरिक ऋणको अवस्था, मौद्रिक नीतिले ल्याएका प्रभाव, कोभिड र युक्रेन युद्धले ल्याएका बाह्य र आन्तरिक प्रभावको समेत मूल्याङ्कन गरी बजेट ल्याइएको बताए ।

अर्थमन्त्री महतले उपलब्ध साधन, स्रोतको प्राथमिकता र प्रतिफलको आधारमा बजेट विनियोजन र उद्देश्य निर्धारण गर्दै परिणाममुखी बनाउँदै लैजाने कुरालाई बजेटमा स्वीकार गरिएको बताए । उनले आर्थिक वृद्धिदरको लक्ष्य पूरा गर्न सक्ने विश्वास व्यक्त गर्दै सबैको सहयोगले राजश्व वृद्धिको लक्ष्य पनि पूरा हुने बताए ।

उनले आउँदो आर्थिक वर्षमा पुँजीगत खर्च प्रभावकारी बनाउन सरकारले कार्यतालिकासहित प्रभावकारी कार्यान्वयनको प्रणाली बनाएको बताए । प्रतिनिधि सभाको अर्को बैठक जेठ ३२ गते बिहीवार बिहान ११ बजे बस्नेछ ।


क्याटेगोरी : समाचार
ट्याग : #samsad

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट