Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

अनुदानको मलमा दुरुपयोग भएको छ, किसान सचेत हुनुहोला : मन्त्री भुसाल


काठमाडौं । कृषि तथा पशुपक्षी विकासमन्त्री वेदुराम भुसालले किसानहरुले पाउने मलको अनुदानमा दुरुपयोग भएको भन्दै सचेत रहन आग्रह गरेका छन् ।

सोमवार आज २०औँ राष्ट्रिय धान दिवस मूल समारोह समितिले आयोजना गरेको कार्यक्रममा मन्त्री भुसालले किसानहरुका लागि दिइने मलको अनुदानमा दुरुपयोग हुने गरेको बताएका हुन् ।

उनले अनुदानको मल गैर किसानले लिने गरेको थाहा पाएको भन्दै यसको निम्ति स्वयं किसान पनि सचेत हुनुपर्ने बताए । उनले किसानहरुलाई अनुदानको मलको खोजी गर्न आग्रह पनि गरे । उनले मलको दुरुपयोग रोक्न मातहतका निकायहरुलाई निर्देशन समेत दिएका छन् ।

उनले भने – ‘मलको वितरणमा बेथिति सहकारीहरुमा पुगेपछि हुँदोरहेछ । सहकारीमा जाँदासम्मको लागि हाम्रो एउटा सफ्टवेयर बनेको रहेछ । कृषि सामग्री कम्पनीले बनाएको । त्यहाँबाट तल वितरण कसरी हुन्छ त्यसको व्यवस्थित जानकारी प्राप्त गर्न गाह्रो रहेछ । बुझ्दै जाँदा किसानलाई दिएको अनुदानको मल गैर किसानले प्रयोग गरेको पनि पाइयो । खासगरी प्लाइउड कारखानाहरुले यसको प्रयोग गरिरहेका छन् । कृषिका निम्ति, कृषकका निम्ति भनेर ल्याइएको मल अथवा कृषकका लागि भनेर दिइएको अनुदान गैर कृषकलाई गएको कुरालाई कसरी बन्देज लगाउने ?’

उनले रासायनिक मलको प्रयोग कृषिको प्रयोजनबाहेक पनि हुने गरेको भन्दै त्यसलाई पनि रोक्नुपर्ने बताए।


क्याटेगोरी : कृषि, समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट