Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

नक्कली भुटानी शरणार्थी प्रकरण : बालकृष्ण खाँणको तर्फबाट आजबाट २५ जना वकिलले बहस गर्ने


काठमाडौं । आज पूर्व गृहमन्त्री बालकृष्ण खाँडको तर्फबाट थुनछेक बहस हुँदैछ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेपाली कांग्रेसका नेतासमेत रहेका खाँडको पक्षमा आजबाट २५ जना वकिलहरूले बहस गर्नेछन् ।

अभियुक्तहरूको तर्फबाट थुनछेक बहसको छैटौँमा पूर्व महान्यायाधिवक्ता, नेपाल बार एसोसिएसनका पूर्व र वर्तमान अध्यक्षसहित २५ जनाले बहसका लागि नाम टिपोट गराएका छन् । सो प्रकरणमा मुछिएर पक्राउ परेका मध्ये अब खाँडसहित ६ जनाको थुनछेक बहस हुन बाँकी छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा राज्य विरुद्धको अपराध, सङ्गठित अपराध, ठगीसहित चारवटा अभियोगमा ३० जनाविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर भएको छ । जसमध्ये हालसम्म पक्राउ परेका १८ अभियुक्तको तर्फबाट गत बुधबारदेखि बहस सुरु भएको थियो ।

 

 


क्याटेगोरी : समाचार
ट्याग : #नक्कली भुटानी शरणार्थी प्रकरण

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट