Techie IT
  • १० फागुन २०८०, बिहीबार
Jhilko

युक्रेनलाई हतियार दिएर सहयोग गर्ने अमेरिका भन्दा बढी समर्थन रुसको पक्षमा


काठमाडौै । रुस युक्रेन युद्धमा युक्रेनलाई हतियार दिएर सहयोग गर्ने अमेरिका भन्दा रुसको पक्षमा विश्वको जनसमर्थन रहेको छ ।

अमेरिकाको समर्थनमा जुट्ने देशहरूको समर्थन अहिलेसम्मकै सबै भन्दा कम रहेको अन्तर्राष्ट्रिय क्षेत्रका सम्मानित पत्रकार सेमोर हर्षले एक अन्तर्वार्तामा यस्तो बताएका हुन् ।

युट्युबमा प्रकाशित जर्ज ग्यालोवेसँगको अन्तर्वार्तामा हर्षले भने, “विशेष गरी अफ्रिकी र मध्य एसियाली र दक्षिण एसियाली देशहरूको प्रतिशत अमेरिकाको समर्थकबाट रुस समर्थकमा परिवर्तन भएको छ त्यो वास्तवमै नाटकीय छ। विश्वको आधा भन्दा बढी जनसंख्याले युद्धमा रूसलाई समर्थन गर्दछ र अमेरिकालाई होइन। अमेरिकाको सन्दर्भमाा यस्तो कहिल्यै भएको थिएन, ”

पुलित्जर पुरस्कार विजेता पत्रकार हर्षले अमेरिकाले नर्ड स्ट्रिम पाइपलाइनहरू तोडफोड गरेको आरोप लगाउँदै विस्फोटक समाचार प्रकाशित गरेका थिए ।
जुन समाचारलाई अमेरिकी सरकारले पूर्ण रूपमा गलत र पूर्ण काल्पनिक भएको भनी अस्वीकार गरेको थियो ।

उनले इरान र साउदी अरबबीचको कूटनीतिक सम्बन्धको पुनस्र्थापनामा चिनियाँ मध्यस्थताले पनि अमेरिकालाई यो क्षेत्रमा ठुलो धक्का दिएको धारणा सार्वजनिक गरे ।

सर्वेक्षणहरूले युक्रेनमा अमेरिकी सरकारको संलग्नताको लागि समर्थन घट्दै गएको जनाएका छन् ।

अमेरिकाले यो युद्धमा १ खर्ब ४० अर्ब अमेरिकी डलर बराबरको खर्च गरिसकेको छ । जबकि १ करोड ५० लाख अमेरिकीहरूलाई निशुल्कमा दिइने स्वास्थ्य सेवा कटौती रिएको छ । यसको अर्थ अमेरिकी सरकारले जनतालाई अपमान गरेको हो भनेर सर्वेक्षणमा युक्रेन युद्धमा अमेरिकाको संलग्नताको विरोधमा मत जाहेर गरेका हुन् ।

अर्कोतर्फ युक्रेनको प्रत्याक्रमण अपेक्षित सफलता पाउनेमा उनले आंशका व्यक्त गरे । युक्रेनी सेनाको तालिम एकतर्फ छ भने हातहतियारको विशिष्टता अर्कोतर्फ छ । जसले युक्रेनी सेनाको सफलताई टाढा बनाइरहेको छ । तर अमेरिकी राष्ट्रपति जो बाइडेनले यो युद्धमा अमेरिकी संलग्नताबाट दोस्रो पदावधिका लागि चुनाव जित्न चाहेको उनले बताए ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय, अर्थ, समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट