Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

काठमाडौंको भोटेवहालबाट १३ जना जुवाडे पक्राउ


काठमाडौं, ३० जेठ । काठमाडौं महानगरपालिका ११ भोटेवहाल शान्तिमार्गबाट १३ जना जुवाडे पक्राउ परेका छन् ।

शेर बहादुर शेरचनको घरमा जुवातास खेलिरहेको अवस्थामा बाग्लुङ ढोरपाटन दिनेश शेरचनसहित १३ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।

विशेष सूचनाको आधारमा प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ६७ हजार रूपैयाँ, १६ बुक तास, जुवा खेल्न प्रयोग भएको विभिन्न रङ्को कोईन १ सय १९ थान र जुवाको हिसाब राखेको कपीसहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।


क्याटेगोरी : समाचार, बाग्मती प्रदेश
ट्याग : #juwade, #pakrau

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट