Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

विवाह मण्डपबाटै बेहुला बेहुली पक्राउ


धनकुटा, ३० जेठ । बालबिबाहको अभियोगमा धनकुटामा प्रहरीले एक जोडीलाई विवाह मण्डपबाटै नियन्त्रणमा लिएको छ ।

धनकुटा नगरपालिका–४ देब्रेबासस्थित बेहुलाका घरबाट १९ वर्षीय बेहुला नरेश मङराती र १५ वर्षीया बेहुली सफला खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको हो । त्यस्तै, पक्राउ पर्नेमा बेहुलाका बाबु कृष्ण पनि रहेको प्रहरीले जनाएको छ ।

गत वैशाख १ गते नरेश र सफताले भागेर बिबाह गरेको बेहुलीका बुबा आशिकले जानकारी दिए ।

धनकुटा प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (डीएसपी) नरेन्द्र कुवँरले केटाकेटीको उमेर २० वर्षभन्दा कम भएकाले कानुन बमोजिम प्रक्रिया अघि बढाइने जानकारी दिए ।

उता बेहुलाकी आमा मैयाले पनि आफू निरक्षर रहेको र कसैले पनि विवाह गराउन नहुनेबारे जानकारी नगराउँदा यस्तो अवस्था आइपरेको बताए । आमा मैया र बाबु कृष्ण सामान्य मजदुरी गरेर जीविकोपार्जन गर्दै आएका छन् ।


क्याटेगोरी : जनमञ्च, पालिका, रोचक, समाचार, कोशी प्रदेश
ट्याग : #behula beuli, #pakrau

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट