Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

इटहरीमा प्रहरीले चलाएको मोटरसाइकलले ठक्कर दिँदा एक जनाको मृत्यु


विराटनगर, ३० जेठ र कोसी लोकमार्गअन्तर्गत सुनसरीको इटहरी उपमहानगरपालिका–१२ मा प्रहरीले चलाएको मोटरसाइकलले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।

उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको प्रदेश १–०२–०४९ प ०८३ नम्बरको मोटरसाइकलले सोमबार दिउँसो सडक पार गर्दैगर्दा साइकलयात्रीलाई ठक्कर दिएको थियो। दुर्घटनामा परेर घाइते भएका साइकलयात्री इटहरी–११ का ६० वर्षीय भरत दाहालको मृत्यु भएको प्रहरीले जनाएको छ। दिउँसो ४स्५५ बजेतिर मोटरसाइकलले ठक्कर दिँदा दाहाल गम्भीर घाइते भएका थिए।

प्रहरीका अनुसार उपचारका क्रममा विराटनगरको विराट नर्सिङ होममा राति १०स्३० बजेतिर उनको मृत्यु भएको हो। प्रहरीले मोटरसाइकल चालक सुनसरीको रामधुनी–७ का २२ वर्षीय विशान सुन्दासलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरेको छ।

सुन्दास नेपाल प्रहरीका जवान हुन्। उनी सुनसरीको दुहवीस्थित नेपाल प्रहरी विशेष सुरक्षा गणमा कार्यरत रहेको कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ। मोटरसाइकलको तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।


क्याटेगोरी : समाचार, कोशी प्रदेश

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट