Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

कान्तिपुर मिडिया ग्रुपले पत्रकारलाई मिडिया छाड्न दवाब दिएकोप्रति पत्रकार महासंघको ध्यानाकर्षण


काठमाडौं, ३० जेठ । कान्तिपुर मिडिया ग्रुपले श्रमजीवी पत्रकार र कर्मचारीलाई सेवाबाट निकालेको एवं विभिन्न बहानामा मिडिया छाड्न र हटाउन दवाब दिइरहेको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

कान्तिपुर मिडिया ग्रुपमा कार्यरत र हाल निकालिएका पत्रकार तथा कर्मचारीमध्ये केही महासंघको सम्पर्कमा आएका र केही पत्रकारको गुनासोसहितका निवेदन नेपाल पत्रकार महासंघलाई प्राप्त भएको महासचिव रोसन पुरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

‘स्थायी रूपमा काम गरेका पत्रकारलाई सेवासुविधाबिना हटाउने र करार तथा स्ट्रिन्जर पत्रकारको सम्झौता नवीकरण नगर्ने र स्थायी पत्रकारलाई स्ट्रिन्जर बस्न दवाव दिने एवं राजीनामा दिन बाध्य पार्ने जस्ता क्रियाकलाप कान्तिपुर मिडिया ग्रुपबाट हुनु दुःखद हो, विज्ञप्तिमा उल्लेख छ ।

यस किसिमका गुनासो प्राप्त भएपछि महासंघले तत्कालै यो कार्य रोक्न आग्रहसहित यसअघि नै कान्तिपुर मिडिया ग्रुपलाई पत्राचार गरेको थियो । महासंघले गरेको आग्रहलाई कान्तिपुर मिडिया ग्रुपले बेवास्ता गर्दै श्रमजीवी पत्रकारविरुद्ध काम गरेको महासंघको भनाई छ ।

श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयन गरेर पत्रकार तथा कर्मचारीको श्रमको सम्मान गरी सोअनुसार गरिनु पर्नेमा कान्तिपुर मिडिया ग्रुपले अपनाएको यो शैली अत्यन्त असान्दर्भिक र गैरकानुनी रहेको महासंघले जनाएको छ । साथै महासंघले यसखालका क्रियाकलाप तत्काल रोकी श्रमजीवी पत्रकार ऐनअनुसार गर्न कान्तिपुर मिडिया ग्रुपको ध्यानाकर्षण गराएको छ । साथै, अन्यायमा परेका श्रमजीवी पत्रकारलाई कानुनी उपचार र दबाबमूलक आन्दोलनका लागि महासंघमा सम्पर्क गर्न आग्रह गरिएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #fnj, #kantipur media

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट