Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

अमेरिकी गुप्तचर संस्था सीआईएका पूर्व सल्लाहकारले अमेरिकी डलरको वर्चस्व पतनको मिति खुलाए


काठमाडौं । बाह्य मामिलासम्बन्धी अमेरिकी गुप्तचर संस्था सीआईएका एक पूर्व सल्लाहकारले अमेरिकी डलरको वर्चस्व पतन हुने मितिको भविष्यवाणी गरेका छन् ।

द डेली रेकनिङमा पोष्ट गरिएको एक विचार आलेखमा सीआईए र रक्षा विभागका पूर्व सल्लाहकार तथा लगानी बैंकर जेम्स रिकार्ड्सले अगस्ट २२ अमेरिकी डलरको पतनको दिने हुने भविष्यवाणी गरेका हुन् ।

विश्व सुरक्षित मुद्रा र मुद्रा विनिमयको औपचारिक माध्यमको हैसियतबाट अमेरिकी डलरको पतन हुने बताउँदै रिकार्ड्सले यस्तो बताएका हुन् ।

युक्रेनमा द्वन्द्वको बीचमा रुसको अर्थतन्त्रको विरुद्धमा डलरको हतियारीकरण, अमेरिकाको आफ्नै राष्ट्रिय ऋण ३१० खर्ब अमेरिकी डलर र वैकल्पिक व्यापार तथा सुरक्षित मुद्रा सिर्जना गर्न ब्रिक्स प्लस समूहको तर्फबाट हालैका वार्ताहरू सहित धेरै कारकहरू विचार गर्न लायकको रहेको उनले बताए ।

उनले भने “ आजबाट करिब साढे दुई महिनापछि अगस्ट २२ मा सन् १९७१ यताको सर्वाधिक महत्वपूर्ण अन्तर्राष्ट्रिय वित्तको विकासको अनावरण गरिनेछ,“
ब्रिक्सका सदस्य देशहरूका नेताहरूको शिखर सम्मेलनको तयरीका बारेमा टिप्पणी गर्दै सीआईएका पूर्व सल्लाहकार रिकार्ड्सले ब्रिक्सले विश्वव्यापी व्यापारमा डलरलाई प्रतिस्थापन गर्ने योजनाहरूको अनावरण गर्ने बताए ।

चाखलाग्दो कुरो भनेको सन् १९७१को अगस्ट २२कै दिन थियो जुन दिन अमेरिकाले सुनको स्तर घटाएको थियो।

“यसले प्रमुख नयाँ मुद्रा अगाडि बढाउँछ । यसले विश्वव्यापी भुक्तानीमा डलरको भूमिकालाई कमजोर बनाउन सक्छ । अन्ततः अमेरिकी डलरलाई प्रमुख भुक्तानी मुद्रा र सुरक्षित मुद्राको रूपमा विस्थापित गर्न सक्छ” रिकार्ड्सले खुलाए ।

ब्रिक्स समूहद्वारा नेतृत्व गरिएको नयाँ मुद्राको धक्काले विश्व व्यापार, प्रत्यक्ष विदेशी लगानी र लगानीकर्ता पोर्टफोलियोलाई नाटकीय र अप्रत्याशित तरिकामा असर गर्नेछ र अभूतपूर्व भूराजनीतिक धक्का तरङ उत्पन्न गराउने उनले जनाए ।

आठ देशहरूले ब्रिक्सको सदस्यताको लागि पहिले नै आवेदन गरिसकेका छन् । अनि साउदी अरबसहित अन्य बाह्र देश यसमा सामेल हुन चासो व्यक्त गरेका छन्।

यसअघि साउदी अरबले पेट्रोडलर प्रणाली स्थापना गरेर डलरलाई विश्व व्यापारमा वर्चस्व कायम गराउन अमेरिकाले सहयोग हेजेमोनको स्थितिमा पु¥याउन अमेरिकालाई सहयोग गरेको थियो ।

उनी भन्छन् “ ब्रिक्सको बैठकमा टाउको मात्र बढाउनु महत्वपूर्ण होइन् । साउदी अरब र रुस दुवै सदस्य छन् भने एउटै पालमुनि तीनवटा ठूला ऊर्जा उत्पादकहरू छन् ”

ब्रिक्सका देशहरूले विश्वको ३० प्रतिशत भूमि ओगटेका छन् । विश्वव्यापी गहुँ र चामल उत्पादनको ५० प्रतिशत र धरतीको सुन भण्डारको १५ प्रतिशत, विश्वको जनसंख्याको ४० प्रतिशत, साउदी अरबको सदस्यता बाँकीको अवस्थामा जीडीपीको २८ प्रतिशत रहेको ५२ प्रतिशत पीपीपी सूत्र अन्तर्गत मापन गरिएको छ ।

भने रिकार्डसका अनुसार ब्रिक्स मुद्रा व्यापार वस्तु वा सुनको टोकरीमा पेग गरिएको छ । सम्भवतः कागजी मुद्राको सट्टा डिजिटल मुद्राको रूपमा देखा पर्ने उनको भनाइ छ ।
साथै उनले अमेरिकी डलरको प्रतिस्थापन गर्न ब्रिक्सको सफलता अमेरिकी ऋणपत्र बजारको विकल्पको गठनमा निर्भर हुने पनि बताए । अमेरिक ऋणपत्र बजारलाई सम्पत्तिको मूल्य सुरक्षित गर्ने सबै भन्दा सुरक्षित शर्तको रूपमा लिइन्छ ।

ब्रिक्स मुद्राले एकैपटक ऋणपत्र बजार २० वा सो भन्दा बढी देशहरूमा सिर्जना गर्नु भनेको हो ।

ब्रिक्स प्लस समूहले अन्तर्राष्ट्रिय सुरक्षित सम्पत्तिहरू सिर्जना गर्न सक्षम हुनेछ । घटनाहरूको यो सम्पूर्ण पालो–नयाँ सुन–समर्थित मुद्राको परिचय, भुक्तानी मुद्राको रूपमा द्रुत रूपमा अपनाउने र आरक्षित सम्पत्ति मुद्राको रूपमा क्रमशः प्रयोग गर्नु हुनेछ । ब्रिक्सले वषौँँदेखि गरेको विकास पछि अगस्ट २२ , २०२३बाट यो शुरु हुने अपेक्षा गरिएको छ ।

सन् २००७देखि २०१४मा पटक पटक आफूले अमेरिकी ट्रेजरी , रक्षामन्त्रालय र गुप्तचर समुदायलाई डलर प्रतिबन्धको अत्यधिक प्रयोग वा दुरुपयोगले विरोधीहरूले अमेरिकी डलरको त्याग गर्ने सल्लाह दिएको तर त्यो सल्लाहको अवमानना गरिएको रिकार्डसले बताएका छन् ।

सन् २०२२मा रूसमाथि लगाइएका पश्चिमी प्रतिबन्धहरूले विशेष गरी अडलरीकरण (डि–डलराइजेसन)को प्रक्रियालाई तीव्र बनाउन सघाएको हो ।
चीन र रुस दुई महाशक्तिहरूबाट संयुक्त रूपमा संयुक्त राज्य अमेरिकाका समक्ष चुनौती प्रस्तुत भएको छ ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय, अर्थ, समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट