Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

काठमाडौंसहित पहाडी धेरै ठाउँमा वर्षापछि राहत, पश्चिम तराईमा उखरमाउलो गर्मी


काठमाडौं । पानी परेसँगै देशका धेरै ठाउँमा गर्मी घटेको छ । अधिकतम तापक्रम घट्दा गर्मी कम भएको हो ।

दुईतीन दिन यता काठमाडौंसहित पहाडी जिल्ला र पूर्वी तराईमा हल्कादेखि मध्यम वर्षा भएको छ । तर, पश्चिम तराईमा भने अझै पनि उखरमाउलो गर्मी छ । पश्चिम तराईमा पानी परेको छैन । अझै एक दुई दिन पश्चिम तराईमा वर्षाको सम्भावना रहेको छैन । अबको दुईतीन दिनसम्म नै पश्चिम तराईमा तातो हावा लू चल्ने सम्भावना छ ।

पश्चिम तराईबाहेकका ठाउँमा आज पनि पानी पर्ने सम्भावना छ । कोशी, वाग्मती र गण्डकी प्रदेशका केही र अन्य प्रदेशका थोरै पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् पौडेलले जानकारी दिए । कोशी, वाग्मती, गण्डकी र मधेस प्रदेशका पूर्वी क्षेत्रका केही ठाउँको मौसम अहिले आंशिकदेखि सामान्य बद्ली छ । नेपालमा अहिले पश्चिमी वायुसँगै भारतको विहारमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट