Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

चीनमा उपचारत माओवादी नेता वर्षमान पुन शुक्रबार स्वदेश फर्किने


काठमाडौं, ३१ जेठ । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन शुक्रबार स्वदेश फर्किने भएका छन्। चीनमा उपचारत नेता पुनको स्वास्थ्यमा पूर्ण सुधार भएपछि उनी शुक्रबार नेपाल फर्कने सचिवालयले जनाएको छ।

पूर्वमन्त्री पुन जटिल प्रकारको वंशाणुगत जन्डिस बल्झिएपछि उपचारका लागि गत फागुन १ गते चीन गएका थिए। उनको चीनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पतालमा उपचार भइरहेको छ। उनको शरीरमा जन्डिसको मात्रा (बिलरुबिन) ४० बाट घटेर १.५ बिन्दुमा झरेको छ। चिकित्सकका अनुसार सामान्य मानिसमा बिलरुबिनको मात्रा १.५ देखि ८ बिन्दुसम्म हुन्छ।

यस अघि नेता पुनको शरीरमा कम्तीमा बिलरुबिनको मात्रा ११ देखि १२ सम्म हुँदा समेत सामान्य मानिने गरिएको थियो। जण्डिस दोहोरिएपछि नेता पुन २०७८ साल असोज १३ गते बैंकक गएका थिए। बैंककमा उपचार सफल नभएपछि त्यसयता उनको चीनको सेनजेनमा उपचार हुँदै आएको छ।


क्याटेगोरी : प्रवास, समाचार, स्वास्थ्य
ट्याग : #barshaman pun

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट