Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

सुत्केरी गराउने क्रममा गण्डकी अस्पतालमा आमा र नवजात शिशुको ज्यान गयो


तनहुँ, ३१ जेठ । तनहुँको व्यास नगरपालिकामा आमा र नवजात शिशुको ज्यान गएको छ । सुत्केरी गराउने क्रममा व्यास नगरपालिका–१२ कमलबारीकी २७ वर्षीया शर्मीला दरै र शिशुको पोखरामा रहेको क्षेत्रीय गण्डकी अस्पतालमा ज्यान गएको हो ।

मृतक दरैका आफन्तले चिकित्सकको लापरबाहीका कारण आमा र शिशुको ज्यान गएको भन्दै छानबिनको माग गरेका छन्। छानबिनको लागि कास्कीका प्रमुख जिल्ला अधिकारी समक्ष उजुरी दिएकाले पोष्टमार्टमको रिपोर्ट आएपछि छलफल गर्ने सहमति भएको चीजबहादुर दरैले बताए ।

पीडितपक्ष र अस्पतालका चिकित्सकबीच भएको छलफलमा चिकित्सक टोलीले महिला र शिशु दुवैलाई बचाउन हरपल प्रयत्न गरे पनि बचाउन नसकेको दरैले बताए । चीजबहादुरले भने, ‘छानबिनका लागि प्रक्रिया अघि बढाएका छौँ, छानबिन भएपछि पुनःएक पटक बसेर छलफल गर्ने योजना बनाएका छौँ ।’


क्याटेगोरी : जनमञ्च, समाचार, गण्डकी प्रदेश
ट्याग : #death, #sutkeri

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट