Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

नेपाल संस्कृत विश्वविद्यालयबाट राष्ट्रले अध्यापन र अनुसन्धानमा ठुलो अपेक्षा गरेको छः प्रम प्रचण्ड


काठमाडौं, ३१ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल संस्कृत विश्वविद्यालयबाट राष्ट्रले अध्यापन र अनुसन्धानमा ठुलो अपेक्षा गरेको बताएका छन् । बुधबार संस्कृत विश्वविद्यालयको पाँचौँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दे प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।

‘‘नयाँ नयाँ खोज, आविष्कार तथा विकासका आधारहरू सबै शिक्षामा नै निर्भर हुने भएकाले यस विश्वविद्यालयबाट पनि समुन्नत समाज निर्माण गर्नसक्ने सुसंस्कृत, सक्षम र अनुशासित दक्ष नागरिकको उत्पादन हुने अपेक्षा गर्नु स्वाभाविकै हो’’, प्रधानमन्त्री प्रचण्डले भने, ‘‘उदार चरितानां तु वसुधैव कुटुम्बकम्’ को पाठ सिकाउने संस्कृत वाङ्मयको अध्ययन, अध्यापन र अनुसन्धान गर्ने गराउने यो विश्वविद्यालयबाट राष्ट्रले धेरै ठुलो अपेक्षा गरिरहेको छ।’’


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट