Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

नाइजेरियामा डुङ्गा पल्टिँदा सयभन्दा बढीको मृत्यु


नाइजेरियाको नाइजर नदीमा डुङ्गा पल्टिँदा सयभन्दा बढीको मृत्यु भएको छ भने कैयौँ अझै बेपत्ता छन् । डुङ्गामा तीन सय जना सवार थिए । यी मानिसहरू एक विवाहमा सहभागी भएर क्वारा राज्यबाट नाइजर राज्यतर्फ आइरहेका बेला यो दुर्घटना भएको हो ।

अधिकारीहरूका अनुसार बेपत्ताहरूको खोजी कार्य जारी रहेको छ । राहत कार्यमा संलग्न एक कर्मचारीले समाचार एजेन्सी एएफपीलाई मृतकको सङ्ख्या बढ्न सक्ने बताए । हालैका वर्षहरूमा नाइजेरियामा धेरै डुङ्गा दुर्घटनाहरू भएका छन् ।

 

 


क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट