Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

नाइजेरियामा हैजाको महामारी, चार महिनामा ४८ जनाको मृत्यु


नाइजेरियामा हैजाको महामारी फैलिएको छ । रोग नियन्त्रण तथा रोकथाम केन्द्र (एनसीडीसी) का अनुसार यस वर्षको चार महिनामा ४८ जनाको मृत्य भएको छ । हैजाका एक हजार ६ सय २९ शङ्कास्पद बिरामी फेला परेका छन् ।

राजधानी अबुजामा भएको राष्ट्रिय हैजा योजना समीक्षा सम्मेलनमा एनसीडीसीका महानिर्देशक इफेदायो अडेटिफाले १३ वटा राज्य निक्कै प्रभावित भएको जानकारी दिएका छन् ।

स्वास्थ्यका निकायले हैजा प्रकोपको रोकथाम, नियन्त्रण र व्यवस्थापनलाई सुदृढ गर्न विभिन्न उपायहरू पनि अपनाएको अडेटिफालाई उद्धृत गरी चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

स्वच्छ पानी र सरसफाइ पूर्वाधारमा लगानी गर्न, स्वच्छताका अभ्यासलाई बढाउन, खोप र उपचारमा पहुँच पुर्याउन र हैजाको प्रकोपको निगरानी र अनुगमनका लागि रोकथाम योजनामा समावेश गरिएको छ ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार, स्वास्थ्य

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट