Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

सर्लाहीमा कारको ठक्करबाट वृद्धको मृत्यु


जनकपुरधाम । सर्लाहीमा कारको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ।

मृत्यु हुनेमा सर्लाहीको कविलासी नगरपालिका १० बस्ने ६५ वर्षीय सोनेलाल राय यादव छन् ।

बुधबार साँझ करिब साढे ५ बजे नवलपुरबाट मलंगवातर्फ जाँदै गरेको बा. ४ च ९२०० नम्बरको कारले ठक्कर दिंदा यादवको घटनास्थलमै मृत्यु भएको सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी दीपेन्द्र पजियारले जानकारी दिए।

ठक्कर दिने गाडी र चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।


क्याटेगोरी : समाचार, मधेस प्रदेश

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट