Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

अवैधरुपमा औषधि पसल खोल्ने भारतीय नागरिक पक्राउ


कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनीमा अवैधरुपमा औषधि पसल सञ्चालन गर्ने नौ जना भारतीय नागरिक पक्राउ परेका छन् । उनीहरुलाई प्रहरीले हिजो पक्राउ गरिएको हो ।

दोधारा चाँदनी नगरपालिकाभित्र अवैधरुपमा औषधि पसल सञ्चालन गरेर औषधि बिक्री वितरण गर्दैआएका नौ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयकाले जनाएको छ ।

प्रहरीले नौ जना भारतीय नागरिकलाई औषधिसहित नियन्त्रणमा लिएको र उनीहरुमाथि अनुसन्धान गरी कारबाहीका लागि स्वास्थ्य विभाग पठाउने बतायो ।

पक्राउ पर्नेमा भारतको उधमसिंह नगरका सञ्जय विश्वास, कार्तीक सरदार, रवि विश्वास, निवास गाइन, निरन्जन अधिकारी र भूपेन्द्र पुरी तथा भारत पिलिभितका राजेश विश्वास, सन्तोष सरकार र सुधान्सु हल्दार रहेका छन् ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट