Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

मैत्रीपूर्ण खेलमा आज नेपाल र फिलिपिन्स खेल्दै


काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीले मैत्रीपूर्ण खेलमा आज फिलिपिन्ससँग खेल्दैछ । नेपालले घरेलु टोली फिलिपिन्ससँग उसैको मैदान रिजल मेमोरियलमा खेल्न लागेको हो । यो खेल नेपाली समय अनुसार दिउँसो पौने ५ बजे सुरु हुनेछ ।

भारतमा हुने १४औँ संस्करणको साफ च्याम्पियनसिपको तयारीका लागि नेपालले फिलिपिन्ससँग खेल्न लागेको हो । नेपाल र फिलिपिन्सबीच यसअघि ६ पटक खेल हुँदा नेपालले एक जित र एक बराबरी गर्दा चार पटक हारेको छ ।

साफ च्याम्पियनसिप भारतको बेङ्गलुरुमा असार ६ देखि १८ गतेसम्म हुनेछ । च्याम्पियनसिपमा नेपालसहित आयोजक भारत, बङ्लादेश, कुवेत, लेबनान, भुटान, पाकिस्तान र माल्दिभ्स सहभागी हुँदैछन् । कुवेत र लेबनानले आमन्त्रित टोलीको रुपमा साफ खेल्न लागेका हुन् । असार ६ गते हुने नेपाल र कुवेतबीचको उद्घाटन खेल नेपाली समय अनुसार पौने ४ बजे सुरु हुनेछ ।

 


क्याटेगोरी : खेलकुद, समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट