Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

पेस्तोलसहित सिन्धुपाल्चोकका रमेश बानियाँ पक्राउ


काठमाडौं, ३२ जेठ । सिन्धुपाल्चोक ईन्द्रावती गाउँपालिका(३ घर भएका ३२ वर्षीय रमेश बानियाँ पेस्तोलसहित पक्राउ परेका छन्। पेस्तोल १ थान, पेस्तोलमा लाग्ने म्याग्जिन २ थान र गोली ११ थानसहित बानियाँ पक्राउ परेको प्रहरीले जनाएको छ।

बैंकिङ कसूर मुद्दामा फरार प्रतिवादी बानिया काठमाडौं महानगरपालिका ८ जयबागेश्वरीस्थित जेनिस अटो रिकन्डिसन नजिक सडकमा बसिरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त गौशालाबाट खटिएको टोलीले पक्राउ गरेको हो।

टोलीलाई देख्नासाथ बानियाँले बोकेको झोला सडकमा फाली फरार भएपछि प्रहरीले झोला तलासी गर्दा उक्त हतियार फेला पारेको थियो ।

प्रहरीले बानियालाई खोजी गर्ने क्रममा भक्तपुर नयाँ ठिमीस्थित नयाँ बाटोबाट फेला पारेको हो।


क्याटेगोरी : समाचार, बाग्मती प्रदेश
ट्याग : #pestol

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट