Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

मैत्रीपूर्ण खेलमा नेपाल फिलिपिन्ससँग पराजित


काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोली फिलिपिन्ससँग पराजित भएको छ। फिलिपिन्सको मनिलास्थित रिजाल मेमोरियल स्टेडियममा सम्पन्न मैत्रीपूर्ण खेलमा नेपाल १–० गोलअन्तरले पराजित भएको हो।
साफ च्याम्पियनसिपको तयारीमा रहेको नेपाल मैत्रीपूर्ण खेल खेल्न फिलिपिन्स पुगेको थियो। प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको थियो।
खेलको तेस्रो मिनेटमा पुजन उपरकोटीको बलमा अञ्जन बिस्टको हेडर फिलिपिन्सको गोलकिपरले राम्रो बचाउ गरेका थिए। त्यस्तै आयुस घलानले डिबक्समा बनाएको अवसरमा १४ औँ मिनेटमा एरिक बिस्टको प्रहार गोलपोस्ट नजिकैबाट बाहिरिएको थियो।
त्यस्तै नेपाली टोलीका कप्तान किरण चेम्जोङले केही उत्कृष्ट बचाउ गरेका थिए।
दोस्रो हाफमा भने नेपालले गोल खान पुग्यो। फिलिपिन्सका लागि खेलको ४९ औँ मिनेटमा जार्भे गायोसोले निर्णायक गोल गरेका थिए।
दोस्रो हाफको अन्त्यतिर केही अवसरहरु नेपालले बनाए पनि फिलिपिनी गोलकिपर प्याट्रिक डयटोले राम्रो बचाउ गरेका थिए।
साफको तयारीमा रहेको नेपाल फिलिपिन्सबाट सिधै भारत प्रस्थान गर्नेछ।

क्याटेगोरी : खेलकुद, समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट