Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

कांग्रेसको प्रचार विभाग विस्तार, ३९ जना सदस्य थपिए


काठमाडौं। नेपाली कांग्रेसले सूचना, सञ्चार तथा प्रसार विभागलाई विस्तार गरेको छ। केन्द्रीय सदस्य मीन विश्वकर्माको नेतृत्वमा रहेको विभागमा थप ३९ जना सदस्य थपिएको छ। विभागमा प्रमुखसहित बढीमा ५० जना सदस्य हुने व्यवस्था छ ।

पछिल्लो पटक थपिनेमा दिपकप्रसाद कुईकेल, गोपाल झा, कृष्णप्रसाद वस्याल, तिलक राई, गोविन्द परियार,चन्द्रेश्वर खत्वे, गणेश के.सी., शिला इजम, गंगाधर पराजुली, लोकराज ढकाल, सन्तबहादुर चेपाङ्ग, राजु मास्के, उमिद वागचन, लिला खनाल विभागको सदस्य बनेका छन्।

थप सदस्यहरुमा चेतराज रेग्मी, मिथलेश मिश्र, मोती पौडेल, पवन अधिकारी, कमला पाण्डे, फुलमाया सुनार, राजवहादुर गुरुङ्ग, राघव गौतम, अनुषा नेपाल, निगम हुमागाई, गोविन्द मरासीनी, हुकुमबहादुर वुढा, रम्भा मिश्र, लवदेव ढुङ्गाना, दिनेशविक्रम शाह,सुरेश यादव, इन्द्र रिजाल छन्।

साथै, प्रचार विभागमा पर्ने सदस्यहरुमा डा. मो. ओजिर देवान, पूर्णबहादुर नेपाली,अशोक नाथ योगी, विष्णुप्रसाद तिम्सीना, दिपेन्द्र वान्तवा, सज्जन ठाकुर छन्।

विदेशबाट समेत प्रचार विभागका सदस्य थपिएको छ। अष्ट्रेलियाबाट प्रकाश खरेल र बेलायतबाट विनोद मोक्तान रहेका छन् ।

कांग्रेसको विधान अनुसार महाधिवेशन भएको ६ महिनाभित्र विभाग गठन गरिसक्नुपर्ने हुन्छ। सभापति देउवाले डेढ महिनामा एक मात्रै विभागको प्रमुख तोकेका थिए।


क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #hot, #Nepali Congress

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट