Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

१० महिनामा बङ्गलादेशको व्यापार घाटा ४३ प्रतिशतले घट्यो


सन् २०२२/२३ को जुलाईदेखि सन् २०२३ को जुनसम्मको पहिलो १० महिनामा बङ्गलादेशको व्यापार घाटा ४३ दशमलव २१ प्रतिशतले घटेर १५ अर्ब ७३ करोड अमेरिकी डलरमा झरेको त्यहाँको केन्द्रीय बैंकको पछिल्लो तथ्याङ्कले देखाएको छ ।

बङ्गलादेश बैंकको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको जुलाई–अप्रिल अवधिमा बङ्गलादेशको आयात भुक्तानी १४ दशमलव ४० प्रतिशतले वृद्धि भई ५८ अर्ब ७८ करोड अमेरिकी डलर पुगेको छ भने निर्यातबाट हुने आम्दानी ५ दशमलव ०६ प्रतिशतले वृद्धि भई ४३ दशमलव ०५ अर्ब डलर पुगेको छ ।

गएको आर्थिक वर्षको जुलाई–अप्रिल अवधिमा बङ्गलादेशको निर्यात आय र आयात भुक्तानीबीचको अन्तर २७ अर्ब ७० करोड अमेरिकी डलर रहेको तथ्याङ्कले देखाएको छ ।

केन्द्रीय बैंकका एक अधिकारीका अनुसार रेमिट्यान्सले बङ्गलादेशलाई व्यापार घाटाको असर कम गर्न मद्दत गरेको छ । आर्थिक वर्ष २०७५/७६ को पहिलो १० महिनामा बङ्गलादेशले १७ अर्ब ७२ करोड डलर रेमिट्यान्स भित्र्याएको थियो । मे महिनामा ३० अर्ब डलरभन्दा तल झरेको देशको घट्दो विदेशी मुद्रा सञ्चितिलाई बढावा दिन बैंकले पछिल्ला महिनाहरूमा आयातलाई निरुत्साहित गर्न विभिन्न उपायहरू अपनाएको छ ।

निर्यातलाई बढावा दिनका लागि बैंकले गएको वर्ष सेप्टेम्बरमा देशका वाणिज्य बैंकहरूलाई चिनियाँ मुद्रा युआनमा खाताहरू खोल्न मार्ग प्रशस्त गरेको थियो । यसको अर्थ चिनियाँ मुद्रामा आधारित सीमापार व्यापारलाई सुविधाजनक बनाउनु रहेको बताइएको छ ।




क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार
ट्याग : #Bangladesh

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट