Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

नक्कली भुटानी शरणार्थी प्रकरण : सरकारी वकिलको बहस आज हुँदै, आजै थुनछेकको आदेश आउन सक्ने


काठमाडौं। नक्कली शरणार्थी प्रकरणमा आजबाट जवाफी बहस सुरु हुने भएको छ । सो प्रकरणमा पक्राउ परेका १८ जना आरोपीको तर्फबाट थुनछेक बहस सकिएपछि आज सरकारी वकिलको तर्फबाट बहस हुने भएको हो ।

जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंका प्रमुख अच्यूतमणि न्यौपानेसहितका चार जना अधिवक्ताले आज जवाफी बहस गर्नेछन् । जवाफी बहस शुक्रबार दिउँसो २ बजेभित्र नै सक्न जिल्ला अदालत काठमाडौंका न्यायाधीश प्रेमप्रसाद न्यौपानेले इजलासबाटै निर्देशन दिइसकेका छन् ।

जिल्ला अदालतबाट सरकारी वकीलको तर्फबाट बहस सकेपछि पूर्पक्षको लागि थुनामै राख्ने वा धरौटीमा छाड्ने भन्ने आदेश जारी हुन्छ। बहस सकेपछि समय पुगेमा आजै साँझसम्म थुनछेक आदेश आउन सक्ने बताइएको छ ।

 


क्याटेगोरी : समाचार
ट्याग : #hot, #नक्कली भुटानी शरणार्थी प्रकरण

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट