Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

इटलीलाई हराउँदै स्पेन नेशन्स लिगको फाइनलमा


काठमाडौं । इटलीलाई हराउँदै स्पेन नेशन्स लिगको फाइनलमा पुगेको छ । सब्सिच्युट खेलाडी जोसेलुले खेल सकिन दुई मिनेट बाँकी छँदा निर्णायक गोल गरेपछि इटलीलाई २–१ ले पराजित गर्दै स्पेन युइएफए नेशन्स लिगको फाइनलमा पुगेको हो ।

स्पेनले अब उपाधिका लागि क्रोएसियासँग खेल्नेछ । क्रोएसियाले पहिलो सेमिफाइनलमा नेदरल्याण्ड्सलाई पराजित गरेको थियो ।
नेदरल्याण्ड्सको डे ग्रोस भेस्टेमा भएको खेलको तेस्रो मिनेटमै यरेमी पेनोले गोल गर्दै स्पेनलाई अग्रता दिलाएका थिए । तर ११औं मिनेटमै इटलीका सिरो इम्मोबाइलले पेनाल्टीमा गोल गर्खै खेल बराबरी गरे ।

२१औं मिनेटमा इटलीका डेभिड फ्राटेसीले गोल गरे पनि भिएआरले मान्यता दिएन ।

८८औं मिनटमा जोसेलुले गोल गर्दै स्पेनलाई २(१ को जित दिलाए । उनी ८४औं मिनेटमा अल्भारो मोराटाको स्थानमा मैदान प्रवेश गरेका थिए ।

स्पेन र क्रोएसियाबीचको फाइनल खेल आउने सोमबार हुनेछ ।

२०२१ मा पनि नेशन्स लिगको फाइनल पुगेको स्पेन फ्रान्ससँग पराजित भएको थियो । २०१२ मा उरो जितेपछि स्पेनले कुनै उपाधि जित्न सकेको छैन । उता फ्रान्स पहिलो अन्तर्राष्ट्रिय उपाधि जित्ने योजनामा छ ।

 


क्याटेगोरी : खेलकुद, समाचार
ट्याग : #football

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट