Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

वैदेशिक रोजगार कार्यालयल ताहाचल सर्‍यो


काठमाडौं, १ असार । बुद्धनगरमा रहेको वैदेशिक रोजगार विभागले आज असार १ गतेदेखि ताहाचलबाट सेवा दिन थालेको छ । सेवाग्राहीको चाप बढी हुँदा ठाउँ अभाव भएको भन्दै बुद्धनगरमा रहेको विभागकाे कार्यालय वैदेशिक रोजगार कार्यालय ताहाचल परिसरमै सरेको विभागले जनाएको छ ।

असार १ गते बेलुका सर्भर तथा अन्य उपकरणहरू सार्ने भएकाले वेबसाइटमा समस्या आउन सक्नेछ ।

विभागको वेबसाइट dofe.gov.np, foreignjob, dofe.gov.np र वैदेशिक रोजगार कार्यालयको वेबसाइट feo.gov.np आंशिक तथा पूर्ण रूपमा अवरुद्ध हुन सक्ने विभागले जनाएको छ ।

यसका साथै सिस्टमबाट इमेलमा प्राप्त हुने ओटिपी समेत प्राप्त हुने छैन । यो समयमा एसएमएसबाट भने ओटिपी कोड लिन सकिने छ ।


क्याटेगोरी : समाचार, बाग्मती प्रदेश, रोजगार
ट्याग : #foreign employment office

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट