Techie IT
  • १५ वैशाख २०८१, शनिबार
Jhilko

काठमाडौंका हलहरुमा भारतीय चलचित्र ‘आदिपुरुष’ प्रदर्शनमा रोक


काठमाडौं, १ असार । आजबाट नेपाली हलमा लाग्ने भनिएको दक्षिण भारतीय चलचित्र ‘आदिपुरुष’ को बिहानी शो रोकिएको छ।

बिहिबार काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले फिल्मको एक संवाद नहटाए काठमाडौं महानगरभित्र चल्न नदिने बताएपछि सुरक्षाको कारण देखाउँदै वितरकहरुले काठमाडौं उपत्यकामा फिल्म प्रदर्शन रोकेका हुन्।

क्यूएफएक्स, बिग मुभिज, वान सिनेमाज, सीडीसी सिनेमाज लगायतका हलहरुले फिल्मको बिहानी शो रोकेका हुन्। फिल्म हलको छाता संस्था चलचित्र संघको निर्देशनमा शो रोकिएको बताइएको छ।

सीतालाई भारतकी चेली बताइएको संवादले सो चलचित्रको आलोचना भइरहेको छ। केन्द्रीय चलचित्र जाँच समितिले भने जाँच पासको प्रमाणपत्र दिने क्रममा सो संवाद आवाजरहित बनाइसकेको जनाएको छ ।


क्याटेगोरी : मनोरञ्जन, समाचार, बाग्मती प्रदेश
ट्याग : #aadipurus

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट