Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

नवनियुक्त प्रधानन्यायाधीश हरिकृष्ण कार्कीद्वारा शपथ ग्रहण


काठमाण्डौ, १ असार । नवनियुक्त प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

आज शुक्रवार संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएलगत्तै राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रधानन्यायाधीशमा नियुक्त भएका कार्कीले आजै राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपतिसँग पद तथा गोपनीयताको शपथ लिएका हुन् । संसदीय सुनुवाइ समितिले दुई दिनको सुनुवाइपछि आज कार्कीको नाम प्रधानन्यायाधीशमा अनुमोदन गरेको थियो ।

आठ महिनायता कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारीमा रहेका कार्की आउँदो साउन २० गते सेवानिवृत्त हुनेछन् । कार्की २०७३ सालको साउन १७ गते सर्वोच्चको न्यायाधीश बनेका थिए ।


क्याटेगोरी : समाचार
ट्याग : #hari krishna karki

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट