Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

विश्व कप क्रिकेटको छनोटमा नेपालले भोलि जिम्बाब्वेसँग खेल्दै


काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको छनोटमा नेपालले भोलि जिम्बाब्वेसँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो पौने १ बजे हरारेमा सुरु हुनेछ ।

नेपालले भोलि आफ्नो क्रिकेट इतिहासमा पहिलो पटक टेष्ट मान्यताप्राप्त देशसँग अन्तर्राष्ट्रिय एकदिवसीय खेल खेल्दैछ । सन् २०१८ मा एकदिवसीय मान्यता पाएपछि जिम्बाब्वेसँग नेपालले अहिलेसम्म एउटा मात्रै एकदिवसीय खेल खेलेकोमा १ सय ६ रनले पराजित भएको छ ।

विश्व कप छनोटअघिका खेलमा नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा निकै राम्रो नतिजा निकालेको छ । नेपालले विश्व कप छनोटमा स्थान बनाउन आईसीसी विश्व कप लिग २ मा पछिल्ला १२ मध्ये ११ खेल जितेको थियो । नेपालले पछिल्ला १७ मध्ये १६ वटा अन्तर्राष्ट्रिय प्रतियोगितामा जित हात पारेको छ ।

यस्तै, एसीसी प्रिमियर कपको उपाधि जित्दै एसिया कपमा भारत र पाकिस्तानसँग खेल्ने पक्का पनि गरिसकेको छ । सन २०१८ मा एकदिवसीय मान्यता प्राप्त गरेदेखि नेपालले ५१ वटा एकदिवसीय खेल खेलेकोमा २८ वटा खेलहरू जितेको छ, २१ वटामा हार बेहोरेको छ, एक बराबरी भएको छ र एक खेल वर्षाको कारण रद्द भएको छ ।

भोलिदेखि सुरु हुने विश्व कप छनोटमा नेपाल रहेको समूहमा जिम्बाब्वेसँगै वेस्ट इन्डिज, अमेरिका र नेदरल्याण्ड्स रहेका छन् । नेपालभन्दा निकै बलिया देश भएकाले नेपाललाई विश्व कपमा छनोटको लागि चुनौती भने रहेको छ । समूह ‘बी’ मा आयरल्यान्ड, श्रीलङ्का, यूएई, स्कटल्यान्ड र ओमान छन् ।

दुवै समूहका शीर्ष तीन टोली ’सुपर सिक्स’ मा पुग्नेछन् । ‘सुपर सिक्स’ मा अर्को समूहबाट आउने तीन टोलीसँग प्रतिस्पर्धा हुनेछ । त्यसपछि शीर्ष दुई टोलीले आउँदो अक्टोबरमा हुने विश्व कपमा स्थान बनाउनेछन् ।


क्याटेगोरी : खेलकुद, समाचार
ट्याग : #Nepali Circket

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट