Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

ताप्लेजुङको मेहेलेमा पहिरोमा परि चार जना बेपत्ता


ताप्लेजुङ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–६ मेहेलेमा पहिरोमा परि एकै घरका तीन जनासहित चार जना बेपत्ता भएका छन् ।

घर माथिबाट आएको पहिरोमा परि यामकुमार बुढाथोकीकी श्रीमती भगीमाया बुढाथोकी, बुहारी सन्ध्या बुढाथोकी र नाति प्रज्वल बुढाथोकी बेपत्ता भएका हुन् । त्यही पहिरोमा परि हर्कबहादुर तामाङका छोरा गणेश तामाङ पनि बेपत्ता भएका जिल्ला समन्वय सदस्य कला कडरियाले बताएकी छिन् ।

यस्तै, मैवाखोलामा आएको बाढीका कारण ताप्लेजुङको दोभानमा ५ वटा घर पहिरोको जोखिममा परेको स्थानीयको भनाई छ । ।


क्याटेगोरी : समाचार, कोशी प्रदेश

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट