Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

आईसीसी एक दिवसीय विश्वकप छनोट : नेपाल र जिम्बावेबीचको खेल आज


काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताका खेलहरु आजदेखि जिम्बावेमा सुरु हुँदैछन्। पहिलो खेलमा नेपालले आज घरेलु टोली जिम्बावेसँग खेल्दैछ ।

आईसीसी एक दिवसीय विश्वकप छनोट २०२३ अन्तर्गत पहिलो खेलमा नेपालले आज जिम्बावेविरुद्ध खेल्न लागेको हो । सो खेल नेपाली समय अनुसार आज अपराह्न १२ः ४५ बजेबाट सुरु हुँदैछ ।

नेपाल आफ्नो पहिलो खेलमै घरेलु तथा टेस्ट टोली जिम्बावेलाई स्तब्ध पार्ने उद्देश्यसहित मैदानमा उत्रनेछ । अभ्यास खेलमा पराजय भोगिरहेको अवस्थामा नेपाली टोलीले आज जिम्बावेसँग खेल्ने खेलले विशेष महत्व राख्छ ।

 


क्याटेगोरी : खेलकुद, समाचार
ट्याग : #Nepali Circket

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट