Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

सुरुङ्गामा हाइसको ठक्करबाट स्कुटर चालकको मृत्यु


झापा, ३ असार । झापाको कनकाई नगरपालिका –३ सुरुङ्गास्थित पूर्व–पश्चिम राजमार्गमा आइतवार बिहान हाइसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ ।

बिहान ६ः३० बजेतिर पूर्वबाट पश्चिमतर्फ जाँदैगरेको बा ३ ख ८६३७ नम्बरको हाइसले विपरित दिशाबाट आउँदैगरेको मधेस प्रदेश ०३–०२८ प ६३४४ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।

ठक्करबाट घाइते भएका स्कुटरचालक शिवसताक्षी नगरपालिका –११ बस्ने ४५ वर्षीय मानबहादुर बेघालाई उपचारका लागि बिर्तासिटी हस्पिटल ल्याइएकोमा उपचारका क्रममा उनको मृत्यु भएको हो ।

दुर्घटनापछि हाइस र हाइस चालकलाई नियन्त्रणमा लिइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।


क्याटेगोरी : समाचार, कोशी प्रदेश

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट