Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

डडेल्धुराराको आलिताल गाउँपालिकाको जंगलमा भेटियो विस्फोटक पदार्थ


डडेल्धुरा, ३ असार । डडेल्धुरामा विस्फोटक पदार्थ भेटिएको छ। आइतबार आलिताल गाउँपालिका–१ रतनटुडास्थित सामुदायिक वनमा विस्फोटक पदार्थ भेटिएको हो।

जिल्ला प्रहरी कार्यालयका अनुसार हगुल्टे लेकको चुचुरोमा पर्ने चित्रकुट सामुदायिक वनभित्र विस्फोटक पदार्थ फेला परेको छ। आलिताल गाउँपालिका–११ का ४५ वर्षीय भक्तबहादुर बोहराले बाख्रा चराउने क्रममा एट्टी वान मोर्टारको एक थान सेल भेटाएपछि प्रहरीलाई खबर गरेका थिए।

अहिले प्रहरी चौकी गाङखेतबाट प्रहरी टोली त्यहाँ पुगेको छ। विस्फोटक पदार्थ डिष्पोज गर्न नेपाली सेनाको टोली पनि पुगेको जिल्ला प्रहरी कार्यायल डडेल्धुराका डीएसपी मनोहर भट्टले बताए। सशस्त्र द्वन्द्वकालमा माओवादी वा सेनाले प्रयोग गरेको हतियार हुन सक्ने प्रहरीको आशंका छ। हगुल्टेको यो क्षेत्रमा संकटकालमा माओवादी र सेनाबीच पटकपटक भिडन्त भएको थियो।

वि.सं.२०६१ जेठ ६ गते भएको भिडन्तमा तत्कालीन शमशेर दल गणका सहसेनानी लक्ष्मण अधिकारीसहित ६ जनाको मृत्यु भएको थियो।


क्याटेगोरी : पालिका, समाचार, सुदूरपश्चिम प्रदेश
ट्याग : #bispotak, #blast

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट