Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

काठमाडौं महानगरपालिकामा भोलिदेखि भारतीय चलचित्र प्रदर्शनमा रोक


काठमाडौं । काठमाडौं महानगरपालिकामा भोलीदेखि भारतीय चलचित्र प्रदर्शनमा रोक लगाइएको छ । महानगरपालिकाका मेयर बालेन्द्र शाहले भोलि सोमवारदेखि महानगरभित्रका हलमा भारतीय चलचित्र प्रदर्शन हुन नदिने बताएका हुन् ।

भारतीय चलचित्र ‘आदिपुरुष’ मा समावेश भएको जानकी भारतीय छोरी हुन् भन्ने आपत्तिजनक सन्देश चलचित्रको मूल भागबाट हटाउन तीन दिनको समय दिएकोमा आज आइतवारसम्म पनि नहटाएकोले भोलिदेखि काठमाडौं महानगरका कुनै पनि हलमा सबै भारतीय चलचित्र प्रदर्शनमा रोक लगाउने मेयर शाहले बताए ।

नेपालको स्वतन्त्रता, स्वाधीनता र स्वाभिमानलाई अक्षुण्ण राखी राष्ट्रहितको रक्षा गर्नु हरेक सरकार, सरकारी निकाय, गैरसरकारी क्षेत्र र नेपालीको पहिलो कर्तव्य हुने कुरामा कुनै सन्देह नरहेको शाहको भनाइ छ ।

सामाजिक सञ्जालमार्फत उनले भारतीय चलचित्र आदिपुरुषमा समावेश भएको जानकी भारतीय छोरी हुन् भन्ने आपत्तिजनक सन्देश उक्त चलचित्रको मूल भागबाट हटाउन ३ दिन पहिले हटाउन आह्वान गरेको स्मरण गरेका छन् ।

 


क्याटेगोरी : समाचार
ट्याग : #बालेन्द्र शाह

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट