Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

हेवा खोलामा बेलिब्रिज राखिने


पाँचथर । मेची राजमार्गको हेवा खोलामा बेलिब्रिज राखिने भएको छ । गए रातिदेखिको अविरल वर्षा र बाढीले आइतवार बिहान पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिका जोड्ने पुल बगाएपछि उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको पहलमा त्यहाँ बेलिब्रिज पठाउन लागिएको हो ।

विपद् प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले खोज तथा उद्धारका लागि सम्बन्धित निकायको जिम्मेवारी तथा उपकरणको विवरण तय भइसकेको र बेलिब्रिज पठाउन लागिएको जानकारी दिए ।

हेवा खोलामा सडक विभागको इटहरीमा रहेको कार्यालयबाट बेलिब्रिज पठाउन लागिएको गृह मन्त्रालयले जनाएको छ । विभागका महानिर्देशक सुशीलबाबु ढकालले प्राविधिक टोलीसहित आइतवार बेलिबिज्र पठाउने तयारी भइरहेको जानकारी दिए ।

बाढीले पुल बगाएपछि मेची राजमार्गको पाँचथर–तापलेजुङ सडक खण्ड पूर्णरूपमा बन्द छ ।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट