Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

ब्राजिलमा आँधीका कारण १३ जनाको मृत्यु, हजारौँ नागरिक विस्थापित


ब्राजिलको दक्षिणी क्षेत्रमा पर्ने रियो ग्रान्डे डो सुल प्रान्तमा आएको आँधीका कारण १३ जनाको ज्यान गएको छ । १० जना बेपत्ता भएका छन् ।

ज्यान जानेमा चार महिनाको शिशुसमेत रहेका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । आँधीका कारण हजारौँ नागरिक विस्थापित भएका छन् । २ हजार ४ सय जनाको उद्धार गरिएको छ ।

आँधीका कारण त्यहाँका कयौँ सडक अवरुद्ध भएका छन् भने मुख्य सहरका हवाई उडान समेत बन्द भएका छन् । राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भाले सङ्कट समाधानका लागि प्रयास भइरहेको बताएका छन् ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट