Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

उपप्राध्यापकलाई कुट्ने विद्यार्थीको मुद्दा फिर्ता लिने तयारी


काठमाडौं । त्रिभुवन विश्वविद्यालय परिसरमा उपप्राध्यापक प्रेम चलाउनेमाथि भएको आक्रमणमा संलग्न विद्यार्थीको  मुद्दा फिर्ता लिने सरकारले निर्णय गरेको छ ।

अघिल्लो सरकारका पालामा तत्कालीन महान्यायाधिवक्ता खम्मबहादुर खातीले मुद्दा फिर्ता हुँदा फरक नपर्ने र कानूनको प्रतिकूल नहुने भन्दै राय दिएका थिए । त्यही रायको आधारमा अघि बढेको फाइल बालकृष्ण गृहमन्त्री हुँदा निर्णय भएर कानून मन्त्रालयमा थन्किएको थियो ।

तर, हालै कानून मन्त्रालयमार्फत मन्त्रिपरिषद् पुगेर मुद्दा फिर्ता लिने निर्णय भएको छ । मन्त्रिपरिषद्को निर्णय जिल्ला सरकारी वकिलको कार्यालय हुँदै जिल्ला अदालत, काठमाडौंमा आइतबार दर्ता भएको छ ।

त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा समाजशास्त्रका उपप्राध्यापक चलाउनेमाथि आक्रमण गरेको आरोपमा नेपाल विद्यार्थी संघका हरि आचार्य, योगेन्द्र रावललगायतविरुद्ध जिल्ला अदालत काठमाडौंमा ज्यान मार्ने उद्योगको मुद्दा विचाराधीन छ ।

मुद्दाको अन्तिम पेशी ५ असारलाई तोकिएका बेला अन्तिम समयमा मुद्दा फिर्ता लिन सरकारले निर्णय गरेको गरेको पत्र जिल्ला अदालत, काठमाडौंमा दर्ता भएको हो । यसअघि कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएका बेला पनि मुद्दा फिर्ता लिने पटकपटक प्रयास भएको थियो ।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट