Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

बाबुराम र वामदेव समाजवादी मोर्चामा नअट्ने


काठमाडौं । बाबुराम भट्टराई र उपेन्द्र यादवको तीतो सम्बन्धका कारण आज घोषणा हुने समाजवादी मोर्चामा बाबुराम पक्ष नअट्ने भएकाे छ।
यदि बाबुराम भट्टराई पक्षलाई समेट्दा उपेन्द्र यादव नआउने भएपछि बाबुरामलाई तत्काल नसमेट्ने सम्भावना रहेको हो ।
उपेन्द्र यादवको नेतृत्वको जनता समाजवादी पार्टी मुख्यतः मधेशमा बलियो उपस्थिति रहेको छ । प्रतिनिधिसभामा यो पार्टीको १० जना सदस्य छन् ।
आजको समाजवादी मोर्चा घोषणामा वामदेव गौतम पनि नसमेटिने सम्भावना छ । वामदेवको जोड समाजवादी मोर्चा भन्दा पनि एकीकृत समाजवादी पार्टीसँगको एकता हो । तर, माधव नेपालको वामदेवसँग एकताभन्दा पनि मोर्चा निर्माणमा जोड रहेको छ । माधव नेपालले एकतामा नजोडे उनी केपी ओली नेतृत्वको एमालेमा जाने योजना तर्क गरिरहेका छन् ।
समाजवादी मोर्चामा बाबुराम र वामदेवलाई ल्याउन माओवादी केन्द्रले अन्तिमसम्म पहल लिने एक नेताले बताए । आज दिनभरमा कुनै चमत्कार भएमा मात्र बाबुराम र वामदेव मोर्चामा समेटिनेछन ।


क्याटेगोरी : राजनीति, समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट