Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

ताइवानसँग हतियारको कारोबार बन्द गर्न अमेरिकालाई चीनको आग्रह


चीनले अमेरिकालाई ताइवानसँग हतियारको कारोबार बन्द गर्न आग्रह गरेको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले अमेरिकालाई ताइवानसँग हतियार बिक्रीलगायतका कारोबार र सैन्य सम्पर्क बन्द गर्न आग्रह गरेका हुन् ।

अमेरिकी विदेश मन्त्रालयले अस्ति मात्रै ताइवानलाई नयाँ हतियार बिक्री गर्न अनुमति दिएको थियो । त्यसको जवाफमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले पत्रकार सम्मेलनमार्फत् ताइवान क्षेत्रमा अमेरिकी हतियार बिक्रीले एक चीन सिद्धान्तको गम्भीर उल्लङ्घन भएको बताएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

प्रवक्ता माओ निङले यस्ता कारोबारले चीनको सार्वभौमसत्ता र सुरक्षालाई कमजोर बनाउने तथा चीन–अमेरिका सम्बन्धमा थप क्षति पुर्याउने बताएका छन् । साथै उनले ताइवानलाई प्रयोग गर्ने अमेरिकी प्रयास थप तनावको कारण बन्न सक्ने चेतावनी पनि दिएका छन् ।

 


क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट